काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ४० पैसा र बिक्री दर १३१ रुपैयाँ छ ।
युरोपियन युरो एकको खरिद दर १३५ रुपैयाँ २६ पैसा र बिक्री दर १३५ रुपैयाँ ८८ पैसा छ भने अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ ४९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८९ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २२ पैसा कायम भएको छ भने सिङ्गापुरे डलरको खरिद दर ९४ रुपैयाँ ९९ पैसा र बिक्री दर ९५ रुपैयाँ ४३ पैसा रहेको छ ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९ रुपैयाँ ३६ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ३२ पैसा र बिक्री दर १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ६९ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६५ पैसा र बिक्री दर ३५ रुपैयाँ ८१ पैसा र मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ६५ पैसा र बिक्री दर २८ रुपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।






































