काठमाडौं । मंगलबार डलरको भाउमा सामान्य घटबढ भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ३२ पैसा तोकिएको छ । सोमबारको तुलनामा अमेरिकी डलर खरिद बिक्रीमा सामान्य फेरबदल भएको छ ।
युरोपियन युरो एकको खरिद दर १३३ रुपैयाँ ७३ पैसा र बिक्री दर १३४ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ०।३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा कायम भएको छ । सिङ्गापुरे डलर आज एक रुपैयाँले बढेको छ । यसको खरिद दर ९४ रुपैयाँ ३२ पैसा र बिक्री दर ९४ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६२ पैसा र बिक्री दर ३५ रुपैइाँ ७८ पैसा र मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।




































