कालिकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते

 

कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

कोदोबारीमा बालबालिका पुगेको बेला बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले लोकान्तरलाई जानकारी दिए ।

शनिबार विहान ८ बजे बम विस्फोट भएको प्रहरीले बताएको छ । विस्फोट भएको बम नयाँ हो कि पहिल्यै छाडिएको पुरानो बम हो भन्ने नुखलेको प्रहरीले बताएको छ ।

गम्भीर घाइते हुनेहरूमा तिलागुफा नगरपालिका–१० रानावाडका ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षका दर्शना रानालाई थप उपचारको लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको प्रहरीले बताएको छ ।

घाइते भएकामध्ये कमल थापाको दाहिने हात र दुवै खुट्टा भाँचिएको छ भने मुस्कान थापाको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ । दर्शना रानाको भने पेटमा प्वाल परेको र दुवै खुट्टामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।

उपचारका क्रममा मृत्यु भएकी सरस्वती रानाको पेटबाट आन्द्रा बाहिर निस्किएको अवस्थामा अस्पताल पुर्‍याइएको थियो । रानाको उपचारको क्रममा ११:४० मा निधन भएको कालिकोट प्रहरीले बताएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित