चित्रबहादुर र मोहनविक्रमलाई कारबाही

राष्ट्रिय जनमोर्चाको भूमिगत संगठन नेकपा मसाल ९पातलो मसाल०बाट विद्रोह गरेको समूहले नेकपा मशाल (मोटो मशाल) ब्यूँताएको छ । जनमोर्चाको भूमिगत मोर्चा मानिने नेकपा ९मसाल०बाट विभाजित समूहले नेकपा मशाल ब्युँताएको हो । राष्ट्रिय जनमोर्चा हाल सत्ता गठबन्धनमा रहेको छ, भने विद्रोही संगठन गठबन्धनमा छैन ।

मशालले आगामी निर्वाचनमा भाग नलिने पनि बताएको छ । नेकपा मसालसँग असन्तुष्ट समूहले लुम्बिनीमा सम्पन्न विशेष महाधिवेशनले नेकपा मशालका रूपमा पार्टीलाई अघि बढाउने निर्णय गरेको हो । महाधिवेशनले सन्तबहादुर नेपाली महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको २५ पूर्ण १० वैकल्पिक गरी ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।

महाधिवेशनबारे जानकारी गराउन बिहीवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव नेपालीले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल दक्षिणपन्थी संशोधनवादी भएकाले पार्टीबाट विद्रोह गर्नुपरेको बताए । उनले मसालका महामन्त्री मोहनविक्रम सिंह र नेता चित्रबहादुर केसीलाई पार्टीबाट निष्काशन गरिएको दाबी गरे ।

मशाल पार्टीको मूल संरचना भूमिगत रहने तर जिल्लास्तरका नेता खुला हुने उनले जानकारी दिए । पार्टी पोलिटब्युरो सदस्यहरू कृष्णराज पौडेलले बागलुङ, अर्घाखाँची, प्यूठानसहित ४० भन्दा बढी जिल्लामा पार्टीको संगठन बनेको बताए ।

महाधिवेशनले पार्टीको सहयोगी संगठनको रुपमा रहेको जातीय समता समाजलाई विघटन गरेको छ । स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिहरूसमेत राष्ट्रिय जनमोर्चाका ५० प्रतिशत नेता–कार्यकर्ता आफ्नो पक्षमा रहेको महासचिव नेपालीको दाबी छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित