लाल मोहम्मद हत्या प्रकरण : तीन जना पक्राउ

व्यवसायी लाल मोहम्मद अन्सारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न रहेको आशङ्कामा दुई जना पुरुष र एक महिला पक्राउ परेका र उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ । गएको असोज ३ गते काठमाण्डौको गोठाटार जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो ।

मोटरसाइकलमा आएका २ जनाले गोली हानेर भागेका थिए । हत्या गरिएका सर्लाहीको हरिवन नगरपालिका–२ का लाल मोहम्मद विगतमा जाली नोट कारोबार र व्यक्ति हत्या अभियोगमा कैद सजाय भोगेका व्यक्ति थिए ।

घटनाको अनुसन्धानका लागि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित