अखिल क्रान्तिकारीद्वारा काठमाडौं विश्वविद्यालयमा रिले अनशन, विद्यार्थीको माग पुरा गर्न आग्रह

काठमाडौं । अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष सन्दिप पुनले काठमाडौं विश्वविद्यालयमा अनशनरत विद्यार्थीका माग यथाशीघ्र सम्बोधन माग गरेका छन् । काठमाडौं विश्वविद्यालयमा रिले अनशनमा ऐक्यबद्धता जनाउन पुगेका उपाध्यक्ष पुनले उक्त बताएका हुन ।

उपाध्यक्ष पुनले भने, ‘विद्यार्थी हकहितका पक्षमा अघी सारेका मागहरुप्रति विश्वविद्यालयले अनदेखा गर्ने, विद्यार्थीका आवाजहरुलाई नजरअन्दाज गर्ने खोजेमा त्यसको मुल्य महंगो पर्नेछ। तसर्थ विश्वविद्यालयलाई भन्न चाहान्छु यथाशीघ्र मागहरु सम्बोधन गरोस् ।’

विभिन्न मागहरू अघि सारेर आन्दोलन गर्दै आएको क्रान्तिकारीले बुधवारबाट अनिश्चितकालिन रिले अनशन थालेको हो । विद्यार्थी कल्याण परिषद्को चुनाव प्रत्यक्ष प्रणाली मार्फत गरिनुपर्ने, छात्रवृत्तिबाट वञ्चित गरिएका फार्मेसी विभागका २ ब्याचलाई छात्रवृत्ति प्रदान गरिनुपर्ने, विद्यार्थी कल्याण परिषद्को अधिकार बन्द गरिनुपर्ने र विश्वविद्यालयको नियम विपरीत गरिएका नियुक्ति खारेज गरिनुपर्ने माग राखेर क्रान्तिकारीले आन्दोलन गर्दै आएको छ।

अखिल (क्रान्तिकारी) काठमाडौं विश्वविद्यालय राष्ट्रिय समितिका संयोजक सन्तोष बुढाथोकीले विश्वविद्यालयले माग पुरा नगर्दासम्म आन्दोलन जारी रहने बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित