बागलुङको निसीखोला गाउँपालिकाको अध्यक्षमा अञ्चल शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कलाकारीता क्षेत्रमा नाम कमाउँदै गरेका शाहीले गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
गणतन्त्रपछि गाउँगाउँमा सिंहदरबार आएपनि स्थानीय तहमा माैलाउँदै गरेकाे भ्रष्टाचारलाई रोक्न आफूले उम्मेदवारी दिएकाे बताएका छन् । स्थानीय रुपमा उब्जन र उत्पादित बीउ विजन संरक्षण, भन्डारण र वितरणसहितको अनुसन्धान केन्द्र स्थापना गरी स्थानीय रुपमा पाइने जडिबुटी, आयुर्वेद तथा वैद्यहरुको अध्ययन, अनुसन्धान र प्रशोधनको शुरुवात गर्ने उनको भनाइ छ ।
यी हुन् उनले गरेका १३ प्रतिबद्धता
–ग्रामीण र क्षेत्रगत अन्न भण्डारण, समतामूलक विनिमय र वितरणको नीति तथा कार्ययोजना अघि बढाउने
–स्थानीय रुपमा उब्जनी हुने तरकारी, बीउ विजन संरक्षण,भन्डारण एवम् वितरणसहितको अनुसन्धान केन्द्रको स्थापना
–स्थानीय रुपमा पाइने जडिबुटी तथा आयुर्वेद वैद्यहरुको अध्ययन, अनुसन्धान र प्रशोधनको सुरुवात गर्ने
–खेतीयोग्य तथा कृषिजन्य क्षेत्रको पहिचान तथा अनुसन्धान र वैज्ञानिक प्रयोजनको आधार निर्माण गर्ने
–पशुपालन क्षेत्र तथा गौचर क्षेत्रको आधुनिक वर्गीकरण गर्ने
–स्थानीय जनताको सीप, क्षमता र सामार्थ्य अनुसारको रोजागारीको सृजना गर्ने
–स्थानीय भाषा तथा कलाको खोज अनुसन्धान तथा संरक्षणमा अध्ययन, अध्यापनको व्यवस्था गर्ने
–क्षेत्रगत ऐतिहासिक महत्त्वका आयामहरुमा थप जोड दिँदै खोज अनुसन्धान, सम्बर्द्धन र उत्खनन गर्ने
–समुदायका वर्तमानमा रहेका विभेद् र असमानतालाई अंशियार र वंशियारको नीति अनुसार समाधानमा जोड दिने
–सीप कला, नैतिकता, अनुशासन, सदाचार, कर्तव्यबोध र आत्मगौरव वृद्धिका लागि पाठ्यक्रम निर्माण र अध्यापनको व्यवस्था गर्ने
– अव्यवस्थित जग्गा प्लटिङ र खरिदबिक्री साथै विकासका नाममा गरिने अनुसन्धानरहित प्रकृति विरोधी कार्यक्रम र योजनामा विषेश सतर्कता र मापदण्डको प्रारम्भ गर्ने
–बाँझो जग्गा छोड्ने, रासायनिक मल प्रयोग गर्ने पद्धतिमा ह्रास ल्यार्इ प्राङ्गारिक मल प्रयोग र किसानलाई सहुलियतपूर्ण कार्यक्रमको तर्जुमा गरिने।
–गाउँपालिकामा भएका अनियमितताको उजार गर्दै कानुनी उपचार खोज्ने