ढोरपाटन नगरले लुकायो सूचना, ‘प्रशासकीय अधिकृत भन्छन् विवरण माग्नेको ढाँड भाँचिन सक्छ’

राेशन थापा मगर, बागलुङ ।
बागलुङको ढोरपाटन नगरपालिकाले सूचना लुकाउने गरेको छ । नगरपालिकामा भएका कामको तथ्यांक उपलब्ध गराउन माग गर्दै दिएको निवेदन नै पालिकाका प्रमुख प्रशासकिय अधिकृतले फिर्ता पठाएका हुन् ।

मंगलबार सूचनाको हक अनुसार पालिकाले उपलब्ध गराएको आर्थिक सहायता रकम र पाउने व्यक्तिको नामसहितको तथ्यांक उपलब्ध गराउन माग गर्दै नगरपालिका पुगेका स्थानीयलाई नगरपालिकाले सूचना नदिइ फर्काएको हो ।

सूचनाको हक सम्बन्धी ऐन अनुसार सूचना अधिकारी समक्ष आर्थिक वर्ष २०७४/०७५ देखि २०७९ हालसम्म नगरपालिकाबाट दिइएको आर्थिक सहायता (विशेष राहत) कार्यक्रमको विवरण माग गर्दै स्थानीय गोपाल महत नगरपालिका गएका थिए ।

उपलब्ध गराइएको आर्थिक सहायताको विवरण लिन पुगेका महतलाई प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले नगरप्रमुखको क्षेत्रअधिकार भएको भन्दै फिर्ता पठाएका हुन् । निर्वतमान ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले राजीनामा बुझाइसकेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराइले महतले दिइएको निवेदनको माग सूचनाको सम्बन्धमा प्रत्यक्ष सरोकार नदेखिने भन्दै फिर्ता पठाएको बताएका छन् ।

279162481 514713636905588 1946996987078158072 n https://newskhari.com/storage/2022/04/dhorpatan.jpg

‘यसअघि भएका कामहरुको विवरण नगरप्रमुखको क्षेत्रअधिकारभित्र भएकोले हामीले दिन मिल्दैन’ उनले भने, ‘जेठ ५ गतेपछि नयाँ जनप्रतिनिधि आउँछन् त्यसपछि आउनु भनेको छु ।’ आन्तरिक लेखा परीक्षण र महालेखाले बेरुजु नदेखाएको विवरण दिन नसकिने प्रशासकीय प्रमुखको दाबी रहेको छ ।

‘नगरप्रमुखको क्षेत्रअधिकार भएकाले मैले सूचना दिन मिल्दैन, अदालत जानु भनेको छु’ जबरजस्ती गरे नगरप्रमुखका मान्छेले ढाँड भाँच्न सक्छन् हामी जिम्मेवारी हुँदैनौं’ उनले भने ।

आफुले माग गरेको सूचना नगरपालिकाले उपलब्ध गराउन नचाहेको र निश्चत समय समेत नदिएको भन्दै महतले जनतालाई सुचनाको हकबाट वञ्चित गराइएको बताए ।

सूचना लुकाएमा के छ कारबाहीको व्यवस्था 

suchana https://newskhari.com/storage/2022/04/dhorpatan.jpg

 

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित