मतदानपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले के भने ?

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकास्थित वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान पछि उनले निर्वाचनमा निर्भिकताका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह समेत गरे ।

पर्वतमा मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठले पहिलो मतदान गरी जिल्लाभर मतदान प्रक्रियाको शुभारम्भ गरेका छन् । उनले कुश्मा नगरपालिकास्थित कुश्मा बजारमा रहेको अस्थायी मतदान केन्द्रबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक मतपत्रमा मतदान गरी मतदान कार्यक्रमको सुरुआत गरेका हुन् ।

जिल्लामा निर्वाचनका लागि कूल ७६ मतदानस्थलका एक सय ५० मतदान केन्द्र तय गरिएका छन् । यस पटकको निर्वाचनमा पर्वतमा ६० हजार छ सय ५१ पुरुष र ६१ हजार नौ सय ९८ महिला गरी कूल एक लाख २२ हजार छ सय ४९ मतदाता रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयसहितको सुरक्षा संयन्त्रले पर्वतमा ३५ मतदानस्थल अतिसंवेदनशील, ३१ मतदानस्थल संवेदनशील र १० मतदानस्थललाई सामान्य सूचीमा वर्गीकरण गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित