सन्दीप लामिछाने सिनामंगलको होटलमा ६–७ घण्टा बसेको देखियो : प्रहरी

बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्धका प्रमाण संकलन सुरु गरेको छ। उनी बसेको भनिएका नगरकोट र काठमाडौंका होटलका सीसीटीभी फुटेज संकलन गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले बताए।

‘हाम्रो टोली बिहान नगरकोट पनि गएको थियो। यहाँको होटलमा पनि सीसीटीभी फुटेज लगायतका आवश्यक प्रमाण प्रहरीले संकलन गरिरहेको छ,’ एसएसपी बोहराले भने, ‘हामी अहिले प्रमाण संकलनमा केन्द्रितत छौँ।’

प्रहरीले होटल सञ्चालकसँग सोधपुछ, होटलमा भएको दर्ता लगायत काम पनि गरिरहेको छ।

प्रहरीका अनुसार सन्दीप दुवै ठाउँका होटलमा पुगेको सीसीटिभीबाट पनि पुष्टि भएको छ। भदौ ५ गते राति सिनामंगलको होटलमा पसेको र बिहान त्यहाँबाट गएको पनि फुटेजमा देखिएको छ।

‘उनीहरु राति त्यहाँ गएको र भोलिपल्ट बिहान सँगै बाहिरिएको फुटेजमा देखिन्छ। ६–७ घण्टा बसेर निस्किएको देखियो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने।

भदौ ५ गते राति सन्दीपले बलात्कार गरेको भन्दै १७ वर्षीया किशोरीले मंगलबार जाहेरी दिएकी छिन्।

केन्या भ्रमणमा जानु अघिल्लो दिन सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेको र राति होटलमा लगेर बलात्कार गरेको किशोरीको आरोप छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित