बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका ५ मा भएको पिकअप जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका २ खल्बाङ अर्नाकोट जाँदै गरेको लुम्बिनी प्रदेशको ०१ ००१ च १७७५ नम्बरको पिकअप दुर्घटना भएको हो ।
जिल्ला प्रहरीका कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेका अनुसार निसीखोला गाउँपालिका वडा नम्बर १ का अन्दाजी ७० वर्षीय नरबहादुर कार्की र ढोरपाटन नगरपालिका-२ अन्दाजी ७२ वर्षीया खिमकुमारी बुढाको मृत्यु भएको छ ।
दुर्घटनामा परी १४ जना घाइते भएको डीसपी पाण्डेले बताए । घाइतेमध्ये ३ जनाको अवस्थाको गम्भीर, १० जनाको मध्यम र एक जनाको अवस्था सामान्य रहेको छ ।
याे पनि पढ्नुहाेस्
ढोरपाटन जिप दुर्घटनाका घाइतेहरूको परिचय खुल्यो (नामसहित)
बागलुङको प्याङ्खोलामा जिप दुर्घटना
बागलुङको प्याङ्खोलामा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु

