गृहले खटायो इलाका प्रशासन कार्यालय बुर्तिबाङमा प्रशासकीय अधिकृत

गृहमन्त्रालयका प्रशासन प्रमुख केदारनाथ शर्माका अनुसार जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत बाबुराम पुरीलाई थप जिम्मेवारीसहित खटाएको छ ।

गृहले खटायो इलाका प्रशासन कार्यालय बुर्तिबाङमा प्रशासकीय अधिकृत
काठमाडौं । प्रशासकीय अधिकृत नहुँदा सेवा प्रभावित भएको बागलुङको इलाका प्रशासन कार्यालय बुर्तिबाङमा गृहमन्त्रालयले कर्मचारी खटाएको छ । एक हप्ता देखि प्रशासकीय अधिकृत बिहीन इलाका प्रशासन कार्यालय बुर्तिबाङमा गृहमन्त्रालयले मंगलबार कर्मचारी खटाएको हो । गृहमन्त्रालयका प्रशासन प्रमुख केदारनाथ शर्माका अनुसार जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत बाबुराम पुरीलाई थप जिम्मेवारीसहित खटाएको छ । 'यही बिहीबारदेखि असोज ५ गतेसम्मका लागि थप जिम्मेवारीसहित कर्मचारी खटाएका छौं,' उनले भने, 'त्यसपछि के गर्ने भन्ने बारेमा निर्णय गछौं ।' यसअघि न्यूज खरीले प्रशासकीय अधिकृत नहुँदा सेवा ग्राहीले सेवा नपाएकाे विषयमा समाचार प्रकाशित गरेकाे थियाे । याे पनि :

प्रशासकीय अधिकृत नहुँदा इलाका प्रशासन कार्यालय बुर्तिबाङको सेवा ठप्प