प्रशासकीय अधिकृत नहुँदा इलाका प्रशासन कार्यालय बुर्तिबाङको सेवा ठप्प

काठमाडाैं । इलाका प्रशासन कार्यालय बुर्तिबाङका कार्यवहाक प्रमुख लोकबहादुर कुँवर विदेश भ्रमणमा गएपछि कार्यालयको सेवा प्रभावित भएको छ । साउन ३१ गते जिल्ला प्रशासन कार्यालय बागलुङको स्वीकृतिमा ३ महिना विदा लिएर कुँवर बेलजियम गएपछि प्रशासनबाट प्रदान हुँदै आएको सेवा प्रभावित भएको हो ।

कुँवर विदामा बसेपछि जिल्ला प्रशासन कार्यालय बागलुङबाट खटाइएका प्रशासकीय अधिकृत बाबुराम पुरी जिल्ला फर्किपछि एक सातादेखि कार्यालयको सेवा पूर्ण रुपमा ठप्प भएको छ ।

इलाका प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएको नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरु ठप्प भएका हुन् । सेवा ठप्प हुँदा टाढाबाट सेवा लिन पुगेका स्थानीयहरु फर्किदै आएका छन् ।

‘संचित विदा मागेपछि हामीले विदा दिएका हौं,’ प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भनिन्, ‘अस्थायी रुपमा कर्मचारीको व्यवस्थापन गरेका थियौं तर, जिल्लामा कर्मचारी अभाव भएपछि उहाँ पनि फिर्ता आउनुभएको छ । केही दिनपछि फेरि पठाउँछौं ।’

प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार गृहमन्त्रालयमा लिखित जानकारी गराएपनि अहिलेसम्म कर्मचारीको व्यवस्थापन भएको छैन ।

यता, गृहमन्त्रालयका सहसचिव एवम् प्रशासन महाशाखाका प्रमुख केदारनाथ शर्माले कर्मचारी अभाव हुँदा पठाउन नसकिएको बताए ।

‘अहिले गृहमन्त्रालयमा शाखा अधिकृतको दरबन्दी ५० भन्दा बढी खाली रहेको छ, यसअघि पर्यटन मन्त्रालयबाट आउनुभएका एकजनालाई त्यहाँ खटाएका थियौं, उहाँ त्यहाँ पुग्नुभएन ‘ उनले न्यूज खरीसँग भने ।

केही दिन सेवा रोकिएको भन्ने जानकारी प्राप्त भएको बताउँदै जिल्ला प्रशासन कार्यालय बागलुङबाट कर्मचारी पठाएर सेवा प्रवाह गरिने उनले बताए ।

‘जिल्ला प्रशासन कार्यालयले कर्मचारी पठाइदिनुस् भन्नुभएको छ,’ सहसचिव शर्माले भने, ‘आज वा भोलि नै जिल्लाबाटै कर्मचारी व्यवस्थापन गरेर रोकिएको सेवा सुचारु हुन्छ ।’

कार्यालयमा हाल लेखापाल, कम्युटर अपरेटर र कार्यालय सहयोगी मात्र रहेका छन् ।

कार्यालयमा हाजिर नभइ कर्मचारीले मिलाउछन् सरुवा
इलाका प्रशासन कार्यालय बुर्तिबाङमा खटाइएका कर्मचारी केही महिनामै सरुवा भएर जाँदा सेवा प्रभावित हुँदै आएको छ । गृहमन्त्रालयले खटाएका कर्मचारी लामो अवधि नबस्दा सेवा प्रभावित हुँदै आएको हो । गृहमन्त्रालयका अनुसार खटाइएका कर्मचारी विभिन्न कारण देखाउँदै सरुवा हुने गरेको छन् ।

इलाका प्रशासन कार्यालय बुर्तिबाङका अनुसार केही कर्मचारी कार्यालय नपुग्दै सरुवा मिलाउने गरेका छन् । केही समयअघि गृहमन्त्रालयले दिपेन्द्र रेग्मीलाई इलाका प्रशासन कार्यालय बुर्तिबाङमा खटाएपनि उनी त्यहाँ नपुगि अन्य ठाउँमा सरुवा मिलाए । उनी जस्तै कयैन कर्मचारी खटाएको ठाउँमै नपुगी पहुँचका आधारमा अन्य ठाउँमा सरुवा मिलाउने गरेका छन् । स्रोतका अनुसार नवराज भण्डारी करिब ६ महिना, सन्तोष शर्मा ५ महिना, अमृत सुवेदी ३५ दिन इलाका प्रशासन कार्यालयमा बसेका थिए ।

विकट ठाउँ, परिवारिक समस्यालगायतका कारण देखाउँदै कर्मचारी खटाएको ठाउँमा लामो समय बस्न नमान्ने गरेको गृहमन्त्रालयका एक अधिकारीले बताए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित