विमल खड्का, काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक भनिएका चित्रबहादुर भण्डारीले इमेज बचत तथा ऋण सहकारीसँग कुनै सम्बन्ध नरहेको बताएका छन् । सोमबार प्रेस विज्ञप्ति निकाल्दै सहकारीमा आफू संलग्न नरहेको बताएका हुन् ।
'केही दिनयता इमेज बचत तथा ऋण सहकारी संस्थासँग जोडिएर सञ्चालकको रुपमा मेरो नाम आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,' उनले भनेका छन्, 'सो सहकारीमा मेरो र परिवारको लगानी र शेयर सदस्य समेत नरहेको जानकारी गराउँदछु ।'
उनले संस्थाको प्रस्तावित सञ्चालकको रुपमा आफ्नो नाम राखिएपनि आधिकारिक रुपमा अनुमोदन नभएको बताएका छन् ।
'सहकारीको आयव्यय देखाउने गरी सञ्चालक समितिमा मेरो नाम प्रस्तावित गरिएको थियो,' उनले न्यूज खरीसँग बोल्दै भने, 'पछि शेयर सदस्यको बैठक पनि बसेन र अनुमोदन पनि भएन, म सञ्चालक समितिमा पनि रहिँन ।' पुरानाे समितिले सञ्चालकमा आफूलाई अनुमाेदन गरे बचतकर्ताकाे रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरे ।
'जनताको पैसा फिर्ता गर्नुपर्छ भन्ने मेरो मान्यता हो,' उनले भने, 'सहकारीकाे आयव्यय सार्वजनिक र शेयर सदस्यले सञ्चालक समितिमा मलाइ अनुमोदन गरे बचतकर्तालाई बोलाएरै रकम फिर्ता गर्छु ।'
बचतकर्ताको ७० करोड भन्दा बढी रकम फिर्ता गर्न नसकेर संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएपछि सञ्चालकको रुपमा भण्डारी जोडिएको थिए ।
सञ्चालककाे नाम जोडिएका भण्डारीले सहरकारीको हिसाब किताब हेर्न जाँदा बचतकर्तासँग दोहोरो संवाद भएको बताए । केही समयअघि बागलुङ बजारमा रहेकाे कार्यालय घेराउ गर्दा भण्डारीले बचतकर्ताको रकम फिर्ता गरिदिने बताएका थिए । 'हामीले तपाईंहरुको पैसा फिर्ता गछौं, केही दिनको समय दिनुहोस्' उनले बचतकर्तालाई भनेका थिए ।
बचतकर्तालाई भनेको कुरा स्वीकार गर्दै उनले भने-'सञ्चालक समितिमा प्रस्ताव गरेपछि सहकारीको आम्दानी र खर्चको विवरणबारे जानकारी लिन बागलुङ पुगेको थिए, गलकोट जान पाइन् ।'
साथै गृहमन्त्रालयले आइतबार संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित ७ जना पदाधिकारीको यात्रा अनुमति रद्द गर्न अध्यागमन विभागलाई पत्रचार गरेको थियो ।
संस्थाका अध्यक्ष देवुकमार नेपाली परिवारसहित ३ दिनदेखि सम्पर्कबिहीन रहेका छन् । यता बचतकर्ताले संस्थाका अध्यक्षलाई खोजबिन गर्न भन्दै दैनिक रुपमा जिल्ला प्रशासन कार्यालय बागलुङ तथा जिल्ला प्रहरी कार्यालय बागलुङमा पुगेर दबाब दिँदै आएका छन् ।
याे पनि हेर्नुहाेस् :