बागलुङ । बडिगाड गाउँपालिका वडा नम्बर ५ मा जारी न्वागी मेलामा अवैध जुवा 'खोरखोरे' बन्द भएको छ । मंसिर १ गतेदेखि जारी न्वागी मेलामा दुई ठाउँ स्टलनै लिएर चलाइरहेको अवैध जुवा सोमबारदेखि पूर्ण रुपमा बन्द भएकाे जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी बसन्त पाण्डेले जानकारी दिए ।
'मेलामा जुवा खेलाइरहेको भन्ने कुरा आइसकेपछि हामीले पूर्ण रुपमा बन्द गराएका छौं,' उनले भने, 'जुवा खेल्नु र खेलाउनु गैरकानुनी हो ।' यसअघि लगातार रुपमा न्यूज खरीले न्वागी मेला अवैध जुवाको इपिसेन्टर भन्दै समाचार प्रकाशन गरेको थियो ।
आयोजकले चार लाख लिएपछि शुरू भएको थियो अवैध जुवा
मेलामा आयोजक र एक युवा समूहबीच ४ लाख रुपैयाँको लेनदेन भएपछि अवैध जुवा खेलाउन शुरू गरिएको थियो । आयोजक समितिका एक सदस्यका अनुसार, समितिका अध्यक्ष कृष्ण घिमिरेले नै बैठकमा जुवा खुलाउने प्रस्ताव राखेका थिए ।
समितिको बैठकमा अध्यक्ष घिमिरेले भनेका थिए, ‘हामीले लिखित सम्झौता त गर्दैनौं, तर एउटा युवा समूहले हामीलाई ४ लाख रुपैयाँ दिने भनेको छ। त्योभन्दा बढी रकम दिने कोही छन् भने ल्याउनुस्, नत्र यिनैलाई जुवा खोरखोरे खेलाउन दिउँ।’
यसअघि पनि अध्यक्ष घिमिरेले युवाहरूले आर्थिक सहयोग गरेकै कारण उनीहरूलाई जुवा खेल्न छुट दिएको स्वीकार गरिसकेका छन्।
पार्किङ शुल्क पनि बन्द
आयोजकले मनोमानी रुपले उठाउँदै आएको पार्किङ शुल्क पनि बन्द भएको छ । मेला हेर्न आउने दर्शकबाट मोटरसाइकलको ५० र गाडीको एक सय रुपैयाँ पार्किङ शुल्क उठाउँदै आएको आयोजकले सो कुरा पनि बन्द गरेको छ । आयोजकद्वारा न्वागी मेला हेर्न जाने दर्शकसँग अनधिकृत रूपमा पार्किङ शुल्क असुली भन्ने शीर्षकमा न्यूज खरीले समाचार प्रकाशन गरेको थियो । मेलाका सचिव एवम् बडिगाड गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले पार्किङ बापतको शुल्क बन्द गराएको बताएका छन् । प्रशासन र स्थानीयको अनुमति विना पार्किङ शुल्क ल्याउन नपाइने व्यवस्था हुँदा हुँदैपनि त्यसको वेवस्था गर्दै आयोजकले दर्शकबाट शुल्क असुल्दै आएको थियो ।
यो पनि पढ्नुहोस्
न्वागी मेलामा दैनिक २५ लाखको जुवा कारोबार : आयोजकले लियो ४ लाख, हवल्दारको असुली धन्दा*
पौदीं न्वागी मेलामा ‘अवैध जुवा’ : अध्यक्षद्वारा जुवा खेलाउने युवासँग आर्थिक सहयोग लिएको स्वीकारोक्ति !
आयोजकद्वारा न्वागी मेला हेर्न जाने दर्शकसँग अनधिकृत रूपमा पार्किङ शुल्क असुली
न्यूज खरी समाचार प्रभाव : न्वागी मेलाको अवैध जुवा 'खोरखोरे' बन्द !
समितिको बैठकमा अध्यक्ष घिमिरेले भनेका थिए, ‘हामीले लिखित सम्झौता त गर्दैनौं, तर एउटा युवा समूहले हामीलाई ४ लाख रुपैयाँ दिने भनेको छ। त्योभन्दा बढी रकम दिने कोही छन् भने ल्याउनुस्, नत्र यिनैलाई जुवा खोरखोरे खेलाउन दिउँ।’

