आयोजकद्वारा न्वागी मेला हेर्न जाने दर्शकसँग अनधिकृत रूपमा पार्किङ शुल्क असुली

बागलुङ । बागलुङको बडिगाडमा जारी न्वागी मेला हेर्न पुगेका दर्शकसँग आयोजकले अनधिकृत रूपमा पार्किङ शुल्क असुलेको पाइएको छ । पौदी न्वागी मेला आयोजक समितिले मध्यपहाडी लोकमार्गमा समेत पार्किङ गरिएका गाडी र बाइकहरुबाट शुल्क असुल्ने गरेको हो । शनिबार मेला हेर्न पुगेका एक स्थानीयले खार बजारमा बाइक पार्किङ गरेको ५० रूपैयाँ तिरेको बताएका छन् ।

‘म मेला हेर्न खार बजारमा गएको थिए, बाइक प्रहरी विट नजिकै पार्किङ गरेको थिए,’ उनले भने, ‘परिचालन भएका युवाहरूले पार्किङ गरेको ५० रूपैयाँ उठाइरहेका थिए ।’

उनीहरुले पौदी न्वागी मेला तथा संस्कृति संरक्षण लेखिएको स्ट्याम हानेर कापीको ‘चिर्कटो’ दिने गरेका छन् । ६ नम्बर लेखिएको बाइक र ७ नम्बर लेखिएको चिर्कटो गाडी भनेर उनीहरुले ‘कोडिङ’ गरेको पाइएको छ । ७ नम्बर लेखिएको चिर्कटोलाई एक सय रुपैयाँ र ६ लेखिएकोलाई ५० रूपैयाँ लिने गरेका छन् ।

यस विषयमा बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन बनले गाउँपालिकाको क्षेत्र अधिकारभित्र नभएको बताएका छन् । यो आयोजकको कुरा भएको भन्दै उनी पन्छिएका छन् । ‘गाउँपालिकाले कार्यालयमा निःशुल्क पार्किङ भनेर व्यवस्था गरेको छ,’ उनले भने, अन्य कुरा आयोजकले जान्ने कुरा हो ।’ आयोजकले गाउँपालिकासँग पार्किङ गरेवापतको शुल्क लिने विषयमा कुनै सहमति नलिएको उपाध्यक्ष बनको भनाइ छ ।

‘पार्किङ गरेवापतको शुल्क लिने विषयमा गाउँपालिकाबाट आयोजकले सहमति लिएको छैन,’ उनले भने, ‘मध्यपहाडी लोकमार्गमा पार्किङ वापतको शुल्क लिने विषय हामीसँग सम्बन्धित छैन ।’

जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी बसन्त पाण्डेले आफूखुसी आयोजकले पार्किङ शुल्क उठाउन नपाइने बताएका छन् । ‘आयोजकले आफूखुसी पार्किङ शुल्क लिन पाउँदैन,’ उनले भने, ‘यस विषयमा हामी प्रशासनसँग थप छलफल गरेर अघि बढ्छौं ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका बरिष्ठ प्रहरी नायव निरीक्षक मिनबहादुर कुँवरले पार्किङ शुल्क लिएको विषय आफूहरुलाई जानकारीमा आएको बताएका छन् । ‘हिजो मात्रै हामीलाई जानकारीमा आएको छ,’ उनले भने, ‘दैनिक ठूला गाडी ७० देखि ८० र माेटरसाइकल  ३ सय ५० देखि ४ सयसम्म पार्किङमा राख्ने गरिएको रहेछ । शुल्कको विषयमा कुरा उठेको छ हामी आयोजकसँग कुरा गरेर हटाउँछौं।’

यस विषयमा न्वागी मेलाका सचिव समेत रहेका बडिगाड गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले पार्किङ वापतको शुल्क हटाइएको बताएका छन् । ‘साथीहरुले पार्किङ वापतको शुल्क लिएका रहेछन्, मैले हिजो नै हटाउनुस् भनेर भनेको छु’ उनले भने ।

पार्किङ शुल्क वापतको रकम लिएपछि कापीको चिर्कटो दिएको आयोजकसँग त्यसको अर्धकट्टी समेत नभएको पाइएको छ । जसका कारण आर्थिक पारदर्शितामा प्रश्न उठेको छ ।

यो पनि पढ्नुहोस्

न्वागी मेलामा दैनिक २५ लाखको जुवा कारोबार : आयोजकले लियो ४ लाख, हवल्दारको असुली धन्दा*

पौदीं न्वागी मेलामा ‘अवैध जुवा’ : अध्यक्षद्वारा जुवा खेलाउने युवासँग आर्थिक सहयोग लिएको स्वीकारोक्ति !

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित