निसीखोलामा रोकिएन 'जुवातास', प्रहरी प्रशासनसँग मिलेमतोको आशंका

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा कानुनले बन्देज गरेको जुवातास खुलेयाम खेलाउने गरेको पाइएको छ । तिहारको अवसरमा निसीखोला गाउँपालिका-५ याङ्दी मेलामा स्थानीयले प्रहरीकै अगाडी जुवातास (खोरखोरे) खेलाउने गरेको पाइएको हो । कानूनलेसमेत बर्जीत गरेको जुवाजन्य (खोरखोरे) खेल खेलाउँदा…

निसीखोलामा रोकिएन 'जुवातास', प्रहरी प्रशासनसँग मिलेमतोको आशंका

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा कानुनले बन्देज गरेको जुवातास खुलेयाम खेलाउने गरेको पाइएको छ ।

तिहारको अवसरमा निसीखोला गाउँपालिका-५ याङ्दी मेलामा स्थानीयले प्रहरीकै अगाडी जुवातास (खोरखोरे) खेलाउने गरेको पाइएको हो ।

कानूनलेसमेत बर्जीत गरेको जुवाजन्य (खोरखोरे) खेल खेलाउँदा स्थानीयले लाखौं रुपैयाँ गुमाउने गरेका छन्। निसी प्रहरी चौकीको ५० मिटर नजिक रहेको कार्यक्रमस्थलमा स्थानीयले कानुनलाई चुनौती दिँदै खोरखोरे खेलाउने गरेको एक स्थानीयले जानकारी दिए ।

निसीखोला गाउँपालिकाले जुवाजन्य खेल खोरखोरे खेल्न र खेलाउन नपाउने गरी कार्यापालिकाको बैठकले निर्णय गरेको थियो । गाउँपालिकाले बनाएको कानुनलाई नै अप्ठ्यारो पार्ने गरी खोरखोरे खेल खेलाउँदा प्रहरी मुकदर्शक बन्ने गरेको छ । यता प्रहरीकै संरक्षणमा खोरखोरे खेल खेलाउने गरेको स्थानीयको आरोप छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी दीपकबहादुर केसीले कानुनले बर्जित गरेको कुरा गैरकानुनी भएको बताए । 'सूचनाप्राप्त गर्न साथ हामीले जिल्ला प्रहरी कार्यालय बागलुङ र इलाका प्रहरी कार्यालय बुर्तिबाङलाई तत्काल रोक्न निर्देशन दिएका थियौँ,' डिएसपी केसीले न्यूज खरीसँग भने, 'त्यो गैरकानुनी काम रोकिएर हामीलाई रिपाेर्ट पनि भइसकेकाे छ।'

खोरखोरे खेलाउनमा प्रहरीकै मिलेमतो भन्ने प्रश्नमा उनले भने-'हामीले त्यस विषयमा अनुसन्धान अगाडी बढाएका छौँ, कमजोरी फेला परे हामीले कारबाही गर्छाैँ ।' जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलले जुवाजन्य खेलका विषयमा प्रहरीले निगरानी गरिरहेको बताए।

कानुनले बर्जित गरेकाे कुरा खुलेयाम हुँदा प्रहरी प्रशासन र स्थानीय पालिका मुकदर्शक बन्ने गरेकाे स्थानीयले आरोप लगाएका छन् ।

निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले कानुनले बर्जित गरेको कुरा कार्यान्वयनमा प्रशासनले सहयोग नगरेको आरोप लगाए ।

'कार्यापालिकाले समेत जुवातास खेल्ने र खेलाउन नपाउने निर्णय गरेको छ,' उनले भने, 'हामीले गरेको निर्णय प्रशासनले सहयोग नगर्दा कार्यान्वयनमा समस्या भएको छ।'

याे पनि हेर्नुहाेस्

निसीखोलामा प्रहरीकै अगाडी 'जुवातास', नियमक निकाय मुकदर्शक