निसीखोलामा प्रहरीकै अगाडी ‘जुवातास’, नियमक निकाय मुकदर्शक

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर २ खाडुमा प्रहरीकै अगाडी जुवातास खेलाइएको पाइएको छ । दशैंको अवसरमा बाराही युवा क्लवले आयोजना गरेको कार्यक्रममा प्रहरीकै अगाडी जुवातास (खोरखोरे) खेलाउँदा प्रहरी र प्रशासन  मुखदर्शक बनेको छ ।

कानूनसमेत बर्जीत गरेको जुवाजन्य (खोरखोरे) खेल खेलाउँदा स्थानीयले लाखौं रुपैयाँ गुमाउने गरेका छन्। कार्यक्रमस्थलबाट करिब ५ सय मिटर नजिकै रहेको इलाका प्रहरी कार्यालयले त्यसलाई रोक्ने विषयमा चासो नदिँदा जुवाजन्य खेलमा स्थानीयले लाखौं रुपैयाँ गुमाउने गरेका छन् ।

केही समयअघि मात्र निसीखोला गाउँपालिकाको कार्यापालिका बैठकले गाउँपालिकाभित्र जुवाजन्य खेल खेल्न र खेलाउन नपाउने निर्णय गरेको थियो ।  कानुनले नै बर्जीत गरेको जुवाजन्य खेलखेलाउँदा पनि पालिका र प्रशासन मुखदर्शक बनेको एक स्थानीयले आरोप लगाए ।

यता, जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलले जुवाजन्य खेलका विषयमा प्रहरीले निगरानी गरिरहेको बताए। ‘हामीले जुवाजन्य गतिविधिका विषयमा निगरानी गरिराखेका हुन्छौँ,’ उनले भने, ‘मेला महोत्सवमा त्यस्ता खेलहरू हुनसक्छन् हाम्रो ध्यान नपुगेको हुनसक्छ हामीले त्यसलाई रोक्छौं ।’ जुवाजन्य खेल खोरखोरका विषयमा कानुनले स्पष्ट रूपमा उल्लेख नगरेको बताउँदै उनले जुवाजन्य खेल खेलाउनेलाई शान्ति सुरक्षामा आघात पुर्याएको कसुरमा कारबाही गर्ने बताए ।

‘स्थानीय सरकारले गरेको निर्णयलाई हामीले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘यदी त्यस्ता निर्णयहरू छन् भने प्रहरीलाई जानकारी गराए हामीलाई थप सजिलो हुन्छ ।’

निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले संघको कानुनलाई टेकेर कार्यापालिकाले जुवाजन्य खेलहरूलाई गाउँपालिकाभित्र प्रतिबन्ध लगाएको बताए । ‘कार्यापालिकाले यसअघि नै जुवाजन्य खेल खेलाउन र खेल्न नहुने गरी  निर्णय गरेकाे छ,’ उनले भने, ‘त्यसकाे रक्षा प्रशासनले गर्ने हाे ।’

गाउँपालिकाले नीति बनाएपनि त्यसको रक्षा प्रशासनले नगरेको गाउँपालिका उपाध्यक्ष घर्तीले गुनासो गरे । ‘बारम्बार प्रमुख जिल्ला अधिकारी र एसपीलाई यसबारे जानकारी गराएको छौँ,’ उपाध्यक्ष घर्तीमगरले भने, ‘हामीलाई प्रशासनले सहयोग नगरेपछि हामी मुखदर्शक भएर बस्न बाध्य भएका छौँ ।’

के छ सजायकाे व्यवस्था ?

जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। नयाँ अपराध संहिता लागू हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो।

जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो।

तर २०७५ साल भदौदेखि लागू भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ।

उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ।

दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।

जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित