कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा
कर्णाली । ‘साउने संक्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।