काठमाडौं । प्रधानमन्त्री नियुक्तको तयारीमा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको शपथ सोमबार बिहान ११ बजे हुने भएको छ।
राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मीका अनुसार, सोमबार बिहान ११ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रमको आयोजना गरिएको छ।
राष्ट्रपति कार्यालयले शपथ ग्रहण समारोहमा उपस्थित हुन संघीय संसद्का सबै सांसदहरूलाई साढे १० बजेभित्रै शीतलनिवास पुग्न आग्रह गर्दै संसद् सचिवालयलाई पत्र पठाएको छ।संविधानको धारा ७६ (२) अनुसार ओली आइतबार प्रधानमन्त्री नियुक्त हुँदैछन्।
ओलीको शपथ सोमबार ११ बजे, राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई पठायो पत्र