काठमाडौं । प्रहरीले वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेशको ०३–००६ ख १५१६ नम्बरको बसमा सवार यात्रुको विवरण सार्वजनिक गरेको छ ।
चितवन प्रहरीका अनुसार राति भरतपुर महानगरपालिका–२९ नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा आएको पहिरोमा परेर बेपत्ता बसमा सवार २४ जनाको विवरण सार्वजनिक गरेको हो ।
बस चालक जवाहिर महतो, बसका सञ्चालक राजेन्द्र केसी, यात्रुहरू वीरगन्ज महानगर–१४ का प्रकाश, अरवीन्द्र दुवे, हरिचन्द्र पण्डित, मुसहर्वा बाराका प्रमानन्द जी, सालिम मिया, रैजुल आलम, रामनगरी पर्साका कुलदिप, हृदयनारायण राउत छन् । चौधरी थरका सहचालकको नाम खुलेको छैन ।
भारतीय नागरिक अंसारी जी, सान्तोष ठाकुर, सुरेन्द्र साह, आदित मिया, सुनिल र सहनवाज आलम छन् । सातजनाको भने विवरण खुल्न बाँकी छ ।
यस्तो छ वीरगन्जबाट काठमाडौं आउँदै गरेको बसमा सवार बेपत्ता यात्रुको विवरण