पहिरोसँगै नारायणीमा २ वटा बस बेपत्ता, ६५ जनाको अवस्था अझै अज्ञात

वीरन्जबाट काठमाडौँ आउँदै गरको बागमती प्रदेशको १५१६ नम्बरको एउटा बसको मात्रै नम्बर खुलेको उनले बताए। ‘काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बस गणपति डिलक्स भनिएको छ। तर, नम्बर खुलेको छैन,’ डीएसपी रिजालले भने।

पहिरोसँगै नारायणीमा २ वटा बस बेपत्ता, ६५ जनाको अवस्था अझै अज्ञात
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा आज बिहान पहिरोले दुईवटा यात्रु बस बगाउँदा ६५ जना भन्दा धेरै नारायणी नदीमा बेपत्ता भएको आशंका गरिएको छ। आज बिहान ३ बजे भएको यो घटनामा धेरै जनाको हताहती भएको अनुमान प्रहरीले गरेको हो। पहिरोले बगाएका दुईवटै बस नारायणी नदीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए। ‘दुबै बसमा गरेर झण्डै ६५ जना यात्रु सवार रहेको अनुमान हामीले गरेका छौँ,’ डीएसपी रिजालले भने, ‘एउटा बसमा ४१ जना र अर्को बसमा २४ जना रहेका प्रारम्भिक जानकारी आएको छ।’ वीरन्जबाट काठमाडौँ आउँदै गरको बागमती प्रदेशको १५१६ नम्बरको एउटा बसको मात्रै नम्बर खुलेको उनले बताए। ‘काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बस गणपति डिलक्स भनिएको छ। तर, नम्बर खुलेको छैन,’ डीएसपी रिजालले भने। ‘यात्रुको यकिन संख्या खुलेको छैन। काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा सुरुमा ३० जना सवार थिए भनिएको थियो। तर, पछि बढेर ४१ जना भन्ने आएको छ,’ उनले भने, ‘वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बसमा वीरगन्जबाट २४ जना चढेको कुरा आएको छ। बीचमा कति चढे, कति झरे होलान्। बसमा कति यात्रु थिए यकिन संख्या भन्न सक्ने अवस्था छैन।’ तीन जना यात्रु भने नदीबाट पौडिएर निस्किएका डीएसपी रिजालले बताए। तर, उनीहरुको विस्तृत विवरण प्रहरीले खुलाएको छैन। घटनास्थलमा अहिले चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाल प्रहरीका एसपी भावेष रिमालसहितका अधिकारी पुगेका छन्। सशस्त्र प्रहरीको गोताखोर टोली पनि बेपत्ता यात्रु र बसको खोजीमा परिचलित भएको छ। रातभरको वर्षाले नदीमा ठूलो बाढी आएकाले बेपत्ताको खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ।