काठमाडौं । इन्टरनेसनल तेक्वान्दो फेडरेसन (आईटीएफ) का प्रशिक्षक जनकराज गौतम इन्टरनेसनल तेक्वान्दो इन्स्ट्रक्टर कोर्समा सहभागी हुन बिहीबार मलेसिया प्रस्थान गरेका छन्।
इन्टरनेसनल तेक्वान्दो इन्स्ट्रक्टर कोर्स मलेसियाको पेनाङमा जुलाई १२ देखि १४ सम्म सञ्चालन हुँदैछ । बिहीबार गौतमलाई आईटीएफ नेपालका अध्यक्ष चेतनराज गिरी र उपाध्यक्ष सीताराम दराईले बिदाइ गरेका छन् ।
अध्यक्ष गिरीले कोर्समा सहभागी भएर उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिँदै गौतमलाई बिदाइ गरेका थिए । गौतम विगत १८ वर्षदेखि आईटीएफ तेक्वान्दोको स्वयंमसेवक प्रशिक्षक भएर खेलाडी उत्पादनमा सक्रिय रहँदै आएका छन् । उनले विगत नौ वर्षदेखि योङ ब्रदर्स तेक्वान्दो क्लब पनि सञ्चालन गरेका छन् ।
क्लबमा पाँच सयभन्दा बढी खेलाडीले नियमित प्रशिक्षण गर्दै आएका छन् । गौतम क्लबका अध्यक्ष हुन् ।
इन्टरनेशनल तेक्वान्दो इन्स्ट्रक्टर कोर्समा सहभागी हुन गौतम मलेसिया प्रस्थान
इन्टरनेसनल तेक्वान्दो इन्स्ट्रक्टर कोर्स मलेसियाको पेनाङमा जुलाई १२ देखि १४ सम्म सञ्चालन हुँदैछ । बिहीबार गौतमलाई आईटीएफ नेपालका अध्यक्ष चेतनराज गिरी र उपाध्यक्ष सीताराम दराईले बिदाइ गरेका छन् ।