रौतहट । रौतहटमा बिहीबार छुट्टाछुट्टै घटनामा परेर चार जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम गौरस्थित पोखरीको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ भने राजदेवी नगरपालिकामा छतबाट खसेर अर्का एक पुरुषको मृत्यु भएको हो । त्यस्तै ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ भने चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको हो ।
आज बिहान सवा ८ बजेको समयमा गौर नगरपालिका १ स्थित ट्रान्सफर्मर चोक बस्ने वर्ष ६० का पवन अग्रवालले घर पछाडिको पोखरीको डिलमा फूल टिप्ने क्रममा खुट्टा चिप्ली पोखरीमा लडी डुबी अचेत भएका थिए ।
अग्रवालको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचारका लागि दिउँसो डेढ बजे थप उपचारका लागि विरगञ्ज पठाइएकोमा बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।
मृतक अग्रवालको शव पोष्टमार्टमका र प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको थियो । खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । बिहीबार वृन्दावन नगरपालिका वडा २ धनगढीमा खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा ट्याक्टर चालक पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मौलापुरमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको हो ।
बिहीबार दिउँसो परेको पानी संगै चट्याङ लागेर मौलापुर ८ सोनरनिया गाउँको रामायण बैठा धोबीको श्रीमती ५५ वर्षीया धरोहरी देवीको मृत्यु भएको हो ।
खेतमा धान रोप्ने क्रममा एक्कासी चट्याङ लागेर धरोहरी देवीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका सई कृष्ण साहले बताएका छन् ।
त्यसैगरी राजदेवी ७ मुड़बलवा गाउँका ५० वर्षीय विनोद राय यादवको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । पानी परिरहेको समय छतमा चढेका यादव अनियन्त्रित भएर तल खस्दा मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी रौतहटका अध्यक्ष राजकिशोर यादवले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाहरूको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएकी छिन् ।
दुर्घटनामा चार जनाको मृत्यु
अग्रवालको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचारका लागि दिउँसो डेढ बजे थप उपचारका लागि विरगञ्ज पठाइएकोमा बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।

