काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय रुपैयाँ थियो ।
बुधबारको तुलनामा आज ८ सय रुपैयाँ बढेको हो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन प्रतितेला १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । बुधबार १ हजार ८ सय ७० मा कारोबार भएको चाँदी आज १ हजार ८ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य बढ्यो
बुधबारको तुलनामा आज ८ सय रुपैयाँ बढेको हो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन प्रतितेला १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।