बसको ठक्करबाट घाइते आमा–छोराको मृत्यु

गम्भीर घाइते आमा–छोरा रुपा खत्री र प्रिन्सको उपचारका क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले बुधवार जनाएको छ । रुपा र उनका छोरा प्रिन्सलाई लु२ख ६८८८ नम्बरको माइक्रो बसले असार २१ गते जानकीनगरमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते आमा–छोराको मृत्यु
बुटवल । रुपन्देहीमा गत साता यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते भएका गुल्मीको गुल्मीदरबार गाउँपालिका–६ का आमा–छोराको मृत्यु भएको छ । गम्भीर घाइते आमा–छोरा रुपा खत्री र प्रिन्सको उपचारका क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले बुधवार जनाएको छ । रुपा र उनका छोरा प्रिन्सलाई लु२ख ६८८८ नम्बरको माइक्रो बसले असार २१ गते जानकीनगरमा ठक्कर दिएको थियो । तिलोत्तमा नगरपालिका वडा नम्बर ३ जानकीनगरस्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा बाटो पार गर्दै गरेका उनीहरूलाई बसले ठक्कर दिएको हो । ३० वर्षीया रुपा र ३ वर्षीय छोरा प्रिन्स तिलोत्तमामा डेरा गरी बस्दै आएका थिए ।