कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ मा सुतिरहेका बेला घरमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माका अनुसार बुधबार बिहान ४ बजेतिर पोखरा–२७ को सहेलपाटा भन्ने ठाउँमा घरमा पहिरो खस्दा पुरिएर २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो।
स्थानीय ५१ वर्षीय मनबहादुर थापाको कच्ची घर माथिबाट खसेको पहिरोमा परी उनका छोरा भीमबहादुको मृत्यु भएको हो। भीमबहादुरकी आमा ५० वर्षीया कमला थापाको भने सकुशल उद्धार गरिएको डीएसपी शर्माले बताए। घरमूली मनबहादुर भने घरमा नरहेकाले जोगिएको प्रहरीले जनाएको छ।
सुतिरहेका बेला घरमा पहिरो खस्दा छोराको मृत्यु, आमाको सकुशल उद्धार
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माका अनुसार बुधबार बिहान ४ बजेतिर पोखरा–२७ को सहेलपाटा भन्ने ठाउँमा घरमा पहिरो खस्दा पुरिएर २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो।