बागलुङ नगर कार्यापालिका सदस्य धनमाया शर्माले दिइन् प्रशासनमा उजुरी

शर्माले कानुनी कारवाहीको माग गर्दै कार्यालयमा दिएको उजुरी आफूले अध्ययन गरेको र आवश्यक अनुसन्धान अगाडि बढाउन सोमबार नै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको प्रजिअ सुवेदीले जानकारी दिए ।

बागलुङ नगर कार्यापालिका सदस्य धनमाया शर्माले दिइन् प्रशासनमा उजुरी
बागलुङ । बागलुङ नगरपालिका-३ का सदस्य तथा नगर कार्यपालिका सदस्य धनमाया शर्माले अपमानित गर्ने गरी भिडियो बनाएर सार्वजनिक गरेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएकी छन् । आइतबार दिउँसो वडा नं ३ को कार्यालयमा रहेको बेला बागलुङ नगरपािलका वडा नं ३ निवासी निर्माण व्यवसायी हरि रुचालले अनुमति विना अपमानित गर्ने भिडियो बनाएको तथा धम्काएको भन्दै प्रशासनमा कारबाहीको माग गर्दै उजुरी दिएकी हुन् । शर्माले सोमबार दिएको उजुरीलाई प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको बताए । शर्माले कानुनी कारवाहीको माग गर्दै कार्यालयमा दिएको उजुरी आफूले अध्ययन गरेको र आवश्यक अनुसन्धान अगाडि बढाउन सोमबार नै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको प्रजिअ सुवेदीले जानकारी दिए ।