प्रधानमन्त्रीको निर्देशनपछि स्ववियूको निर्वाचन चैत ५ मा गर्ने प्रस्ताव

विद्यार्थी संघ संगठनसँग राय तथा सुझाव लिएपछि उक्त प्रस्ताव गरिएको खेलकुद परिषद् प्रमुख पशुपति अधिकारीले जानकारी दिए । हिउँदे बिदा‚ फागू पूर्णिमालगायत कारणले त्रिभुवन विश्वविद्यालयलको क्यालेन्डरमा रहेको व्यवस्थाभन्दा मिति पर धकेलिएको खेलकुद परिषद् प्रमुख अधिकारीले बताए ।

प्रधानमन्त्रीको निर्देशनपछि स्ववियूको निर्वाचन चैत ५ मा गर्ने प्रस्ताव
काठमाडौं । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन गर्न प्रस्ताव गरेको छ । विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले कार्यकारी परिषद्‌मा बिहीबार स्ववियु निर्वाचन गर्नका लागि प्रस्ताव गरेको हो । विद्यार्थी संघ संगठनसँग राय तथा सुझाव लिएपछि उक्त प्रस्ताव गरिएको खेलकुद परिषद् प्रमुख पशुपति अधिकारीले जानकारी दिए । हिउँदे बिदा‚ फागू पूर्णिमालगायत कारणले त्रिभुवन विश्वविद्यालयलको क्यालेन्डरमा रहेको व्यवस्थाभन्दा मिति पर धकेलिएको खेलकुद परिषद् प्रमुख अधिकारीले बताए । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले पनि स्ववियु निर्वाचन गर्नका लागि निर्देशन दिइसकेका छन् । कार्यकारीले अनुमोदन गरेपछि चैत ५ गते स्ववियु चुनावको मिति घोषणा हुनेछ ।