काठमाडौं । युक्रेनमा रुसले गरेको पछिल्लो आक्रमणमा ३१ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी व्यक्ति घाइते भएका छन्। राजधानी किभमा मात्रै १७ जनाको मृत्यु भएको छ। दुई बाल अस्पतालमा पनि आक्रमण भएको बीबीसीले जनाएको छ।
निप्रोपेट्रोभस्कमा भएका विभिन्न आक्रमणमा ११ जनाको मृत्यु भएको छ। बाँकी मानिस कहाँ मारिए भन्नेबारे खुलेको छैन। ओमेटिडाट अस्पताल पनि रुसी आक्रमणमा परेको छ। आक्रमणको समयमा अस्पतालको बाल वार्डमा २० बालबालिकाको उपचार भइरहेको थियो।
युक्रेनका बाल अस्पतालमा पनि रुसले गर्यो आक्रमण, ३१ जनाको मृत्यु