बुटवल । रूपन्देहीको तिलोत्तमामा माइक्रो बस दुर्घटना हुँदा आठजना घाइते भएका छन्। बसमा सवार १६ जना मध्ये दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको माइक्रो तिलोत्तमा-२ शंकरनगरमा अनियन्त्रित भई सडकमा पल्टिएको ड्राइभरटोल प्रहरी चौकीले जानकारी दिएको छ। घाइतेमध्ये सहचालकको अवस्था मध्यम र अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बताएको छ।
माइक्रो बस दुर्घटना