पूर्वमन्त्री श्रेष्ठको बिँडी कारखानामै श्रम शोषण, दिँदैनन् सरकारी ज्याला

सिराहा–३ बाट निर्वाचित श्रेष्ठ एमालेबाट कानुन न्याय तथा संसदीय मामिला व्यवस्था साथै सङ्घीय मामिला मन्त्री भएका थिए। श्रेष्ठले २०७४ को निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरमका अशेश्वरप्रसाद यादवलाई पराजित गरेका थिए। उनी २०७९ मंसिर ४ को निर्वाचनमा सिराहा-३ बाट निर्वाचित भएका थिए।

पूर्वमन्त्री श्रेष्ठको बिँडी कारखानामै श्रम शोषण, दिँदैनन् सरकारी ज्याला
काठमाडौं । सरकारले एक जनाको दैनिक ज्याला ६ सय २० रुपैयाँ तोकेको छ। तर पूर्व कानूनमन्त्री तथा बहालवाला सांसद लीलानाथ श्रेष्ठले भने दैनिक २ सय ५० मात्र दिएर मजदुरहरूलाई काम लगाइरहेका छन्। सिराहा–३ बाट निर्वाचित श्रेष्ठ एमालेबाट कानुन न्याय तथा संसदीय मामिला व्यवस्था साथै सङ्घीय मामिला मन्त्री भएका थिए। श्रेष्ठले २०७४ को निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरमका अशेश्वरप्रसाद यादवलाई पराजित गरेका थिए। उनी २०७९ मंसिर ४ को निर्वाचनमा सिराहा-३ बाट निर्वाचित भएका थिए। सिराहाका ४७ वर्षीय रामपृत सदा र ४३ वर्षीया बौकी कुमारी सदा लीलानाथको बिँडी कारखानामा काम गर्दै आएका छन्। उनीहरूले कारखानामा काम गर्न थालेको १२ वर्ष नाघिसक्यो। यी दुई दलित मुसहर मजदुर दम्पतीको दैनिक ज्याला कानुनले तोकेभन्दा निकै कम छ। रामपृतले दैनिक २ सय ५० रुपैयाँ र र बौकीले जम्मा दुई सय ज्याला पाउँछिन्। बौकीको जिम्मेवारी बिँडी कारखानामा दैनिक सुर्ती कुट्ने र धूल्याउने काम हो। उनी थप घरको भाँडा माझ्ने, सरसफाइ गर्ने र बगैँचा गोडमेल गर्ने काम पनि गर्छिन्। रामपृतले बिँडी कारखानाका मजदुरहरूलाई चाहिने दाउरा चिर्न बन्चरो चलाउँछन्। उनी सुर्ती कुट्छन्। उनीहरू बिहान ८ बजेदेखि साँझ ६–७ बजेसम्म काम गर्छन्। तर दिनभरि काम गरेको ज्याला जम्मा ४ सय ५० मात्र पाउँछन्। पूर्व मन्त्रीले ‘लीला बिँडी कारखाना’ चलाउने गरेका छन्। सो कारखानामा काम गर्ने कामदारहरूले सरकारले तोकेको दैनिक ज्याला ६ सय २० रुपैयाँ पाउने गरेका छैनन्। सरकारी नियम अनुसार रामपृत दम्पतीले दैनिक १२ सय ४० ज्याला पाउनुपर्ने हो। तर मात्र ४ सय ५० दिइन्छ। दलित मुसहर दम्पतीले पूर्व मन्त्रीको कारखानामा दैनिक ७ सय ९० रुपैयाँ ठगिने गरेका छन्। रजिया खातून (उनले नाम खुलाउन नचाहेकोले नाम परिवर्तन) लीला छाप बिँडी कारखानामा दिनभरि बिँडी बनाउँछिन् । दिनभरिमा पाँच सय थान बिँडी मठारेपछि उनले जम्मा एक सय ज्याला पाउँछिन्। उनी भन्छिन्,‘बोल्न मिल्दैन। बोलेको थाहा पाए भने रोजगारीबाट निकालिदिन्छन्। दिनको एक सय रुपैयाँमा मजदुरी गरेको वर्षौँ भयो।‘ स्थानीय माओवादीका नेता रामचन्द्र सिंह अन्यत्र काम नपाउने भएकाले कम ज्यालामा काम गर्न बाध्य हुने गरेको बताउँछन्। उनले लीलानाथ श्रेष्ठले दलित मुसहर दम्पतीको वाध्यताको फाइदा उठाएको बताए। -नेपालन्युज बैंक