बागलुङ । बागलुङ सेवा समाज दोहा कतारले मानव सेवा आश्रम बागलुङलाई आर्थिक सहयोग गरेको छ। आश्रमको निर्माणाधीन भवनका लागि समाजले नगद ५० हजार सहयोग गरेको हो ।
आइतबार आश्रममा आयोजित एक कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं संरक्षक चन्द्रकान्त शर्माले आश्रमका संचालक विपना तामाङलाई नगद ५० हजार हस्तान्तरण गरेका छन् ।
गण्डकी प्रदेश समन्वय परिषद् कतारले संस्थामा आवद्ध भएका जिल्ला संस्थालाई सहयोग गर्ने क्रममा बागलुङ सेवा समाज कतारलाई प्रदान गरेको रकम आश्रमलाई प्रदान गरिएको संस्थाका अध्यक्ष निराजन गौतमले जानकारी दिए ।
बागलुङ सेवा समाज दोहा कतारद्वारा मानव सेवा आश्रमलाई ५० हजार आर्थिक सहयोग
गण्डकी प्रदेश समन्वय परिषद् कतारले सस्थामा आवद्ध भएका जिल्ला संस्थालाई सहयोग गर्ने क्रममा बागलुङ सेवा समाज कतारलाई प्रदान गरेको रकम आश्रमलाई प्रदान गरिएको सस्थाका अध्यक्ष निराजन गौतमले जानकारी दिए ।

