काठमाडौं । कलाकार मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी पूर्वपत्नी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान गजुरेलको घरमा दलबलसहित ताला लगाउन भन्दै पुगेकी ढकाललाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर, भक्तपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए। उनका अनुसार, ढकालविरुद्ध साइबर क्राइमको मुद्दामा पनि उजुरी परेको छ। ढकाललाई अहिले परिसरमै राखिएको छ।
गजुरेलसँग सम्बन्ध विच्छेद गरिसकेकी ढकाल पटक पटक बालकोटस्थित गजुरेल बस्दै आएको घर आफ्नो दाबी गर्दै आइरहेकी छिन्।
मनोजले मीनासँगको सहमतिमै २०७४ सालमा सम्बन्धविच्छेद गरेका थिए। गजुरेलको अर्को बिहे भइसकेको छ।
मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी पूर्वपत्नी मीना ढकाल पक्राउ