बागलुङ । बागलुङको गलकोट नगरपालिकास्थित एक पुरुष मृत फेला परेका छन् ।
गलकोट नगरपालिका ३ बोहोराफाँटका ५४ वर्षीय धनबहादुर बोहोरा शनिबार मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय हरिचौरका अनुसार गलकोट नगरपालिका वडा नम्वर ३ को छहरेखोलामा बोहोरा मृत फेला परेका हुन् ।
स्थानीयले छहरेखोलामा बोहोराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक बोहोराका शव पोष्टमार्टमका लागि गलकोट नगरअस्पतालमा लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बागलुङको गलकोटमा एक पुरुष मृत फेला
स्थानीयले छहरेखोलामा बोहोराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक बोहोराका शव पोष्टमार्टमका लागि गलकोट नगरअस्पतालमा लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।