प्रधानमन्त्री भेट्न बालुवाटार पुगे शेखर कोइराला

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। बदलिँदो राजनीतिक परिस्थिति र समसामयिक विषयमा छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे शेखर कोइराला
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। बदलिँदो राजनीतिक परिस्थिति र समसामयिक विषयमा छलफल भएको बुझिएको छ । कोइरालाले भेटलाई एउटा स्वाभाविक भेटघाटका रूपमा मात्रै लिन आग्रह गरेका छन् । सिधै राजीनामा नगरी सदनमा विश्वाशको मत लिने प्रचण्डको कदमलाई उनी आफ्नो पराजयपछि संविधानको धार ७६ (३) अन्तर्गतअर्थात् सवैभन्दा ठूलो दलको नेताको रूपमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनोस् भन्ने चाहना उनको रहेको प्रचण्ड निकट स्रोत बताउँछ। प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते सदनमा विश्वाशको मत लिने तयारी गर्दैगर्दा कांग्रेसका प्रभावशाली नेतासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा लिन सकिन्छ। सत्ता साझेदार दल नेकपा एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता लिएर एमालेको तर्फबाट बनेका ८ जना मन्त्रीहरूले राजीनामा दिएपछि प्रचण्डले विश्वासको मत लिनुपर्ने स्थिति बनेको हो। कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी हुनसक्ने अवस्था नरहेको शुक्रबार प्रतिक्रिया दिएका थिए।