गुल्मीमा पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार

घरमाथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र-३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।

गुल्मीमा पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार
गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका-३, थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीवितै उद्धार गरिएको छ । घरमाथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र-३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । उनका अनुसार घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी पठाइएको छ ।