काठमाडौं । विश्वासको मत लिन लागेका मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा रहेका माओवादी, एकीकृत समाजवादी लगायत दलका मन्त्री हटाएका छन्।
सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीका नेता चन्दनकुमार सिंहका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ६ मन्त्रीहरुलाई हटाइएको हो।
मुख्यमन्त्रीले माओवादी केन्द्रका २, एकीकृत समाजवादी २, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक एक मन्त्रीलाई सरकारबाट हटाएका हुन्।
मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंहले सरकार गठन भएको एक महिना पुग्न लागेकपछि आज विश्वासको मत लिन लागेका हुन्। नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको दलको सहयोगमा जेठ २५ गते सिंह मुख्यमन्त्री बनेका थिए।
केन्द्रको सत्ता गठबन्धनमा परिवर्तन आएसँगै उनलाई नेपाली कांग्रेस र नेकपा एमालेले विश्वासको मतका लागि सहयोग गर्ने भएका छन्।
मधेशका मुख्यमन्त्रीले हटाए माओवादीसहितका ६ मन्त्री