काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा सुरक्षा प्रमुखका रूपमा खटिएका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मृत्षु भएकाे छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता, डीएसपी राजन कार्कीका अनुसार बालकोटस्थित ओली निवासमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापा गएराति मृत्यु भएकाे हाे । उनका अनुसार शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । मृत्युको एकिन कारण खुलिसकेको छैन ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले घरमै बेहाेर अवस्थामा भेटिएका थापाकाे उचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु बताए । 'भक्तपुरमा रहेकाे आफ्नै घरमा बिहान वेहोस हुनुभएको रहेछ,' उनले भने न्यूज खरीसँग, 'अस्पताल लैजाँदै गर्दा उहाँकाे मृत्यु भएकाे भन्ने छ, प्रहरीले थप अनुसन्धान सुरू गरेकाे छ ।'
पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ। पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरीका इन्स्पेक्टर र सई नेतृत्वमा सुरक्षाकर्मीको टोली खटाउने गरेको छ।
एमाले अध्यक्ष ओलीका सुरक्षा प्रमुख इन्स्पेक्टर उमेश थापाकाे मृत्यु
पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ। थप अनुसन्धानका लागि प्रहरीले अनुसन्धान शुरु गरेको डीएसपी कार्कीले जानकारी दिए । पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरीका इन्स्पेक्टर र सई नेतृत्वमा सुरक्षाकर्मीको टोली खटाउने गरेको छ।

