काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
एमालेले आइतबार बिहान १० बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो । बैठकमा कांग्रेस-एमालेबीच नयाँ सत्ता समीकरणका विषयमा भएको सहमतिबारे सांसदहरूलाई जानकारी दिनुका साथै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
गत सोमबार मध्यराति कांग्रेस-एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएसँगै एमालेले सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको थियो । मन्त्रीहरूलाई राजीनामा गराएर सरकारलाई समर्थन फिर्ता लिएको एमालेले कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्नेबारे सहमति गरेको छ ।
सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले लिनेछन् । एमालेसँगै अशोक राई नेतृत्वको जसपा पनि सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने सम्भावना छैन । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएकै दिन कांग्रेस-एमाले गठबन्धनका तर्फबाट एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी छ ।
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक