बेचन झालाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

प्रहरीले बिहीबार अदालत उपस्थित गराउँदै दोस्रो पटक अनुसन्धानका लागि म्याद मागेको थियो । संगठित अपराधमा अनुसन्धान गरिरहेकाले ६० दिनको हदम्यादमा यो दोस्रो पटक थुनामा राख्ने अनुमति अदालतले दिएको हो ।

बेचन झालाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका बेचन झालाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । प्रहरीले बिहीबार अदालत उपस्थित गराउँदै दोस्रो पटक अनुसन्धानका लागि म्याद मागेको थियो । संगठित अपराधमा अनुसन्धान गरिरहेकाले ६० दिनको हदम्यादमा यो दोस्रो पटक थुनामा राख्ने अनुमति अदालतले दिएको हो । गत शुक्रबार पक्राउ परेका झालाई अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको म्याद बिहीबार सकिएको थियो ।