आगामी तीनदिन यी जिल्लामा धेरै भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष मौसम बुलेटिन जारी गर्दै आउँदो २३ गतेसम्मै मनसुन थप सक्रिय हुने र ठाउँठाउँमा भारी वर्षा हुने जनाएको हो । यसपटक विशेष गरी पश्चिम नेपाल प्रभावित हुने पनि जनाइएको छ।

आगामी तीनदिन यी जिल्लामा धेरै भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं ।नेपालमा मनसुन न्यून चापीय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग/सिमाना आसपास नै रहने र मनसुन अझै सक्रिय हुने भएकाले वर्षा जारी रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष मौसम बुलेटिन जारी गर्दै आउँदो २३ गतेसम्मै मनसुन थप सक्रिय हुने र ठाउँठाउँमा भारी वर्षा हुने जनाएको हो । यसपटक विशेष गरी पश्चिम नेपाल प्रभावित हुने पनि जनाइएको छ। यो अवधिमा देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।