काठमाडौं । नेपाल टी २० लिगमा म्याच फिक्सिङको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान थालेको छ। मंगलबार म्याच फिक्सिङमा संलग्न रहेको आशंकामा सीआईबीले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछपछि कागजात गराएर छाडेको हो ।
तर ती सोधपुछ गरिएका व्यक्तिको नाम नखुलाइएको सीआईबीका प्रवक्ता एसपी कमल थापा बताए । सीआईबीले अनुसन्धान गरिरहेकै अवस्थामा मंगलबार घटना सार्वजनिक भएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका खेलाडीलाई पनि म्याच फिक्सिङको प्रस्ताव आएको सार्वजनिक गरिसकेका छन् ।
म्याचफिक्सिङबारे सीआईबीले थाल्यो अनुसन्धान, २ जना नियन्त्रणमा
तर ती सोधपुछ गरिएका व्यक्तिको नाम नखुलाइएको सीआईबीका प्रवक्ता एसपी कमल थापा बताए । सीआईबीले अनुसन्धान गरिरहेकै अवस्थामा मंगलबार घटना सार्वजनिक भएको हो ।