काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको विषयबारे गृहकार्य अघि बढेको छ।
मंसिर ४ मा भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबाट सोचेजस्तो नतिजा नआएपछि दुई पार्टीले एकता गरेर अघि बढ्नेबारमा छलफल थालेको हो ।
पार्टीको आगामी यात्राको बिषयमा नेकपा एसले चारदिनसम्म स्थायी कमिटी र पोलिटब्यूरो बैठकमा छलफल गरेको छ। जसपाको पनि राजनीतिक समितिको बैठकमा यसबारे छलफल भइरहेको छ ।
दुई पार्टीबीच यसअघि एकताको चर्चा चलेपनि सोमबारको पोलिटब्यूरो बैठकपछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले त्यसबारे पुष्टि गरे ।
जसपासँगको एकताको चर्चा चलिरहेको बेलामा नेकपा एसले आज औपचारिक रुपमा वामपन्थी एकताको पहल गर्ने निर्णय गरेको छ ।
बैठकपछि प्रवक्ता खतिवडाले भने, ‘हामी वामपन्थी एकताको पक्षमा छौँ । त्यसका लागि आवश्यक निर्णय र गृहकार्य गर्ने जिम्मा पोलिटब्यूरोले सचिवालयलाई दिइएको छ । जसपासहित सबै वामपन्थी शक्तिलाई एकजुट बनाउन पहल गछौँ ।’
शुक्रबार मात्रै जसपा र नेकपा एसको सहकार्यको विषयमा झलनाथ खनाल र उपेन्द्र यादवबीच भेटवार्ता भएको थियो । प्रवक्ताले जसपाको एकताबारे छलफल भइरहेपनि नेकपा एसका अर्का नेता भविसोर पराजुली अहिले एकता विषयमा कुरा अघि नबढेको बताउँछन् ।
अनौपचारिक बहस भएपनि औपचारिक रुपमा कुरा अघि नबढेको नेकपा एसका अर्का एक नेता बताउँछन् । ती नेता भन्छन्, ‘अहिलेसम्म एकताको विषयमा छलफल भएजस्तो मलाई लागेको छैन । बैठकमा आधिकारिक रुपमा त्यो कुरा आएको छैन । म अध्यक्षसँग निरन्तर संवादमै छु । उपेन्द्रजीसँग हाम्रो सम्मानित नेताको भेट भएको हो । तर, एकताको विषयमा होइन ।’
झलनाथ र उपेन्द्रबीच आइतबारको भेटमा अझै वामपन्थीहरु मिले संसदमा १३९ मत पुग्ने देखिएकाले कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको ती नेताको दाबी छ ।
नेकपा एसले गर्याे वामपन्थी एकता गर्ने निर्णय
मंसिर ४ मा भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबाट सोचेजस्तो नतिजा नआएपछि दुई पार्टीले एकता गरेर अघि बढ्नेबारमा छलफल थालेको हो ।

