काठमाडौं । राष्ट्रिय सहकारी विकास बैकका अध्यक्ष र आफूलाई सहकारी अभियन्ता बताउने केबी उप्रेती पक्राउ परेका छन् । उनलाई सहकारीको बचत अपचलन गरेको आरोपमा प्रहरीले काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो ।
आईडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक रहेको उप्रेतीले सो सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप छ , उक्त सहकारी गत महिना समस्याग्रस्त घोषित भएको थियो ।
एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले अनुसन्धान गर्ने सहकारीको सूचीमासमेत यो सहकारी समावेश छ ।
एमालेको सहकारी विभागका सचिव रहेका उप्रेतीमाथि सहकारी ठगीको आरोप लागेपछि एमालेले उनलाई जिम्मेवारीबाट हटाएको थियो । यिनै उप्रेतीले मंगलबार थापा संयोजकत्वको संसदीय समितिको बैठकमा उपस्थित भएर सहकारीको संकटबारे सुझावसमेत दिएका थिए ।
राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ
आईडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक रहेको उप्रेतीले सो सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप छ , उक्त सहकारी गत महिना समस्याग्रस्त घोषित भएको थियो ।