एमालेका मन्त्रीहरूले दिए राजीनामा

मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न २४ घण्टाको समय दिएको थियो। प्रधानमन्त्रीको सम्मानजनक बहिर्गमनका लागि यो समय दिएको तर उनले त्यसको सम्मान नगरेको एमालेको ठहर छ।

एमालेका मन्त्रीहरूले दिए राजीनामा
काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । बुधबार साँझ ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्ड समक्ष राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेमा रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री, राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि तथा सहकारी र बलराम अधिकारी भूमि व्यवस्थामन्त्री रहेका छन् । मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न २४ घण्टाको समय दिएको थियो। प्रधानमन्त्रीको सम्मानजनक बहिर्गमनका लागि यो समय दिएको तर उनले त्यसको सम्मान नगरेको एमालेको ठहर छ।