काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकलाई कुपण्डोल, ललितपुरस्थित होटल हिमालयसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार प्रभु बैँक लिका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।
ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको उपत्यकाको मुटुमा अवस्थित ललितपुर आफैमा एक कलात्मक शैलीको परिचय बोकेको शहर हो । कृष्ण मन्दिर,पाटन दरवार स्क्वायर,स्वर्ण विहार जस्ता पर्यटकिय क्षेत्रको अवलोकन गर्न यस शहरमा देश तथा विदेशबाट पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ ।
प्रभु बैंक र होटल हिमालयबीच विशेष छुट सम्झौता