बागलुङ । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बागलुङमा ३७.७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको एसईई परीक्षाको नतिजा अनुसार जिल्लाका कुल विद्यार्थीको ३७.७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन । ६२.३ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन् ।
गत चैतमा सञ्चालित एसईई परीक्षामा जिल्लाबाट साधारण तर्फ कुल ४ हजार ५० र प्राविधिक तर्फ २२९ विद्यार्थी गरी कुल ४ हजार २७९ विद्यार्थीले परिक्षा दिएका थिए । जसमध्ये कुल १ हजार ६१७ विद्यार्थी उत्तिर्ण भएको शिक्षा विकास तथा समन्वय ईकाइ बागलुङका शिक्षा अधिकृत विदुर शर्मा चापागाईले जानकारी दिए । चापागाईका अनुसार साधारण तर्फ ३७.७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन भने प्राविधिक तर्फ ७६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
१५ वटा विद्यालयको नतिजा निल
बागलुङका १५ वटा विद्यालयको नतिजा भने निल रहेको छ । विभिन्न पालिकाका शिक्षा शाखाका अनुसार केही विद्यालयमा न्युन प्रतिशत विद्यार्थीको संख्या उत्तिर्ण भएता पनि १५ वटा विद्यालयको नतिजा भने शुन्य अथवा निल अवस्थामा रहेको छ ।
नतिजा निल रहने सवै भन्दा बढि विद्यालय जिल्लाको जैमिनी नगरपालिकामा रहेका छन् । जैमिनीमा ५ विद्यालयको नतिजा निल भएको छ । त्यसैगरी गलकोट नगरपालिकामा ३ विद्यालय, बडिगाड गाउँपालिकामा २ विद्यालय, निसीखोला गाउँपालिकामा २, ताराखोला गाउँपालिकामा १, बरेङ गाउँपालिकामा १, ढोरपाटन नगरपालिकामा १ गरी १५ वटा विद्यालयमा नतिजा निल भएको जनाइएको छ ।
जैमिनी नगरपालिकाका ५ विद्यालय मध्ये जनकल्याण मावि छिस्ती, बसन्त मावि छिस्ती, जनप्रिय मावि दमेक, भरतपुरी मावि उपल्लो दमेक र जनकल्याण मावि अर्जेवा रहेका छन् । यि विद्यालयको नतिजा शुन्य रहेको जैमिनी नगरपालिकाले जनाएको छ ।
गलकोट नगरपालिकामा खरुवा मावि गलकोट, जनहित मावि मल्म र रत्न लक्ष्मी मावि रिघाको नतिजा शुन्य भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख रुद्रनारायण सापकोटाले जानकारी दिए । सापकोटाको अनुसार गलकोट नगरपालिकामा २५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन । गलकोटमा कुल ५३० विद्यार्थी परिक्षामा सहभागी भएका थिए ।
त्यसैगरी जिल्लाको बडिगाड गाउँपालिकामा—८ रणसिंहकिटेनीमा रहेको भृकुटी मावि र वडा नं. ४ जलजलामा रहको लोङगा माविको निल भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुर्णबहादुर घर्तिले जानकारी दिए । घर्तिका अनुसार गाउँपालिका भित्रका माध्यामिक विद्यालयका कुल ४८४ जनामा विद्यार्थी सहभागी रहेता पनि त्यसको जम्मा १३ प्रतिशत अर्थात ६६ जना विद्यार्थी उत्तिर्ण भएका छन् ।
यस्तै, निसीखोला गाउँपालिकामा जनकल्याण मावि र अर्नाकोट माविको नतिजा शुन्य रहेको शिक्षा शाखाले जनाएको छ । शाखाका अनुसार विद्यालयका कुल ३३० जना विद्यार्थी परीक्षा सहभागी रहेकोमा ६५ जना अर्थात १९.७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
ढोरपाटन नगरपालिकामा ५८४ जना विद्यार्थी सहभागी रहेकोमा १४४ जना अर्थात २४.६५ प्रतिशत उत्तिर्ण भएका छन । नगरपालिकाको सरस्वती मावि सुकुरदुङ नतिजा भने शुन्य रहेको छ । जिल्लाको ताराखोला गाउँपालिकामा कुल १५६ जना परिक्षामा सहभागी मध्ये ३८ जना विद्यार्थी उत्तिर्ण भएका छन् ।
गाउँपालिकाको जनप्रेम माविको नतिजा निल भएको शिक्षा शाखाका प्रमुख युवराज शर्माले जानकारी दिए । बरेङ गाउँपालिकाको कुल विद्यार्थीको ३४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । सल्यान सुखौरा माविबाट परिक्षामा सहभागी ७ जना अनुत्तिर्ण हुँदा सो विद्यालयको नतिजा निल भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद शर्माले जानकारी दिए ।
जिल्लाको काठेखोला गाउँपालिकामा यस वर्ष कुल ३२३ जना विद्यार्थीमा २०४ अर्थात ६३.१५ प्रतिशत उत्तिर्ण भएका छन् । जिल्लाका निसीखोला गाउँपालिकामा ३३० विद्यार्थी सहभागी रहेकोमा १९ प्रतिशत विद्यार्थी मात्र परिक्षामा उत्तिर्ण भएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । त्यसैगरी तमानखोला गाउँपालिकामा भने कुनै पनि विद्यालयको नतिजा शुन्य नरहेको शिक्षा शाखा प्रमुख दुर्गादत्त घिमिरेले जानकारी दिए । उनका अनुसार कुल १४९ विद्यार्थी मध्ये १५.६७ प्रतिशतसहित २२ जना विद्यार्थी उत्तिर्ण भएका छन्।
यस्तै, बागलुङ नगरपालिकामा कुल ७१.६० विद्यार्थी उत्तिर्ण भएका छन् । कुल १ हजार ६७ जना मध्ये २९९ जना विद्यार्थी अनुत्तिर्ण भएको बागलुङ नगरपालिका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिए ।
नगरपालिकामा अघिल्लो वर्षमा भन्दा यस वर्ष नमुना विद्यालयको नतिजा पनि खस्केको पोखरेलले बताए । परिक्षामा संस्थागत तर्फ चिल्ड्रेन लाईफ ईङलिस बोर्डिङ स्कुल बागलुङमा अध्ययन गरेका छात्रा अपेक्षा श्रेष्ठले ३.९६ जिपिए ल्याएर जिल्लामै प्रथम भएकी छन् । सोही विद्यालयकै छात्रा अंकिता शर्मा ३.९० जिपिए ल्याएर जिल्लामै दोस्रो भएकी छन् ।
जिल्लामा सामुदायिक विद्यालय तर्फ बागलुङ नगरपालिका—२ रहेको रुद्रेपिपल माविका किस्मत सुवेदी, नन्दीनी कुमारीले र जैमिनी नगरपालिका— ४ सर्कुवामा रहेको जनता माविमा अध्ययन गरेका आर्नभ शर्माले सामुदायिक तर्फ सबैभन्दा बढि ३.८६ जिपिए ल्याएर जिल्लामै उत्कृष्ट भएका छन् । जिल्लामा ग्रेड बृद्धिका लागि साधारण तर्फ १ हजार २०७ र प्राविधिक तर्फ ८७ जना सहभागी हुने चापागाईले बताए ।
कुन पालिकाकाे नतिजा कस्ताे

