रास्वपाले बोलायो सचिवालय बैठक

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेको रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।

रास्वपाले बोलायो सचिवालय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । बैठक बिहान ९ बजे संसदीय दलको कार्यालयमा बस्न लागेको हो । एकाएक बदलिएको राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न रास्वपाले सचिवालय बैठक बोलाएको हो । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेको रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।