काठमाडौं । सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा पल्टिँदा १३ जना घाइते भएका छन्।
गएराति सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ५ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
‘राति ९ बजेतिर सडकमा हिँडिरहेका एकजना पैदल यात्रुलाई जोगाउन खोज्दा बस पल्टिएको हो,’ जिप्रका धनुषाका डीएसपी रन्जन अबाले भने, ‘दुर्घटनामा १३ जना घाइते भएका छन्। एक जनालाई अलिक बढी चोट लागे पनि १२ जनाको अवस्था सामान्य छ।’
सर्लाहीको कुन ठाउँबाट त्यो बस सिराहातर्फ जाँदै थियो, नखुलेको उनले बताए।
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस दुर्घटना